समाचार

जबर्जस्ती करणी गर्ने एक व्यक्ति पक्राउ



काठमाडौँ, १७ पौष । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कटारी नगरपालिका-४ गवुवा बस्ने ३० वर्षीय अजय तामाङलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

अजयले १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।