काठमाडौँ, १७ पौष । जनमत पार्टीका नेता कार्यकर्ताले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाएका छन् ।
धोती टोपी एक हौ भन्दै उनीहरुले राष्ट्रिय पोषक दिवस मनाएका हुन् । पहाडी समुदायले मधेसी समुदायमाथि गरेको दुर्व्यवहारको विरोधमा अङ्ग्रेजी नयाँ वर्षको दिन धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाइएको सो पार्टीले जनाएको छ ।
धोती र टोपी दुवैको सम्मान गर्नुपर्ने भन्दै उनीहरुले ‘तराई पहाड एक हौँ’को नारा लगाएका थिए ।










प्रतिक्रिया दिनुहोस्