काठमाडौँ, १८ पौष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेस विभाजन हुन्छ भन्ने सोच्दै नसोच्न आग्रह गरे । कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न गाह्रो नभएको शर्माको भनाइ थियो ।
उनले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्भाव, सुशासन र समुन्नतिको दायित्व बोकेको पार्टी नेपाली कांग्रेस सिङ्गो समाजलाई गाँसेर जान्छ । विभाजन हुँदैन । सबै कुरा मिलाउन सक्ने ताकत राख्ने कांग्रेस, पार्टीभित्रको विवाद सहजै मिलाउन सक्छ । मिलाउँछ ।’










प्रतिक्रिया दिनुहोस्