समाचार

अत्याधुनिक ‘सिसिटिभी क्यामेरा’ जडान



काठमाडौँ, १९ पौष । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामेरा’ जडान गरिएका छन् ।

जडान भएका हिकभिजनका २९ क्यामेरा एआई प्रविधिमा आधारित रहेका छन् । सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनको विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति विकसित शहरमा विशेष गरेर शान्ति सुरक्षा, सडक दुर्घटना लगायत अन्य जानकारीका लागि यस्ता क्यामरा जडान गरेर सहायता लिइन्छ ।

ती क्यामेरा एआई प्रबिधिमा आधारित ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ) प्रोटोकलका भएका ‘हिक भिजन ब्राण्ड’ को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए ।