समाचार

चन्द्रपुरमा एक वृद्धको शव फेला



रौतहट, १९ पौष । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा एक वृद्धकाे शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार वडा नम्बर ४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गबाट शनिबार बिहान करिब ७:४५ बजे स्थानीयले वृद्धको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्स्पेक्टर रुपेश झाको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती पुरुषको अनुहारमा गम्भीर चोट लागेको पाइएको छ । मृतक करिब ६०–७० वर्ष उमेर समूहका थारु समुदायका व्यक्ति भएको अनुमान गरिएको भए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन ।