धनगढी, १९ पौष । दार्चुलामा चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका-७ सेल्प्यास्थित महाकाली करिडोरबाट लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका-७ को डिङ्सीका महेन्द्र सिंह धामी र मधुकर उपाध्याय रहेका छन् ।
उनीहरु सवार से७प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको हो । उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँ नगद समेत बरामद गरिएको छ ।
लागूऔषध चरेस, नगद र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्