काठमाडौँ, १९ पौष । आगामी निर्वाचनमा उम्मेदवारको रुपमा झापा- ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस भएको हो ।
यस अघि २०७९ र २०७४को निर्वाचनमा ओली सो क्षेत्रबाट उम्मेदवार बन्दै विजयी भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ । ती क्षेत्रमा पनि उम्मेदवार सिफारिसका लागि आज बैठकको आयोजना गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्