काठमाडौँ, १९ पौष । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।
आज बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए ।
उनले भने, ‘सबै राजनीतिक दलहरूले निर्वाचनमा प्रतिष्पर्धा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । तर त्यो चाहना पूरा गर्नुपर्ने हिसावले गर्नुपर्ने कामहरू अहिले पनि भईरहेका छैनन । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत कामहरू राम्रो अघि बढाओस् ।, तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौं । किनभने निर्वाचन तोकिएकै मितिमा होस तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस् । सबै मतदाताहरूले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकुन्,’।










प्रतिक्रिया दिनुहोस्