शैक्षिक

७०६ बालबालिकालाई न्यानो कपडा वितरण



गोरखा, २० पौष । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन ‘गाउँ वातावरण नेपाल’को सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको हो । जसअन्तर्गत माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३, माझथर मावि माझथरका ३६५ र भगवती आधारभूत विद्यालय मान्द्रेका ७६ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।

त्यसैगरी, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७, मूलदेवी आधारभूत विद्यालय ग्याजी हुडिफाँटका ३३, धर्मवती आधारभूत विद्यालय भालुस्वाराका १३ र नारदपोखरी आधारभूत विद्यालय तुम्सिकाका सात बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।