राजनीति

कला–संस्कृतिलाई आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्नुपर्छ: मुख्यमन्त्री आचार्य



बुटवल, २० पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कला–संस्कृतिलाई आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

थारु कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटनसँग जोडेर व्यावसायिक रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी व्यवस्थित कार्यक्रमहरू सञ्चालन गर्न सके पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनको भनाइ थियो ।

थारु समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न थारु सङ्ग्रहालयलाई सिकाइ तथा अध्ययनको केन्द्रका रूपमा उपयोग गरिएको पनि उनले बताए ।