अर्थ

नेप्से दोहोरो अंक घट्याे 



काठमाडौँ, २० पौष । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ ।

आज नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो । अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो ।

अर्थतन्त्रमा माग बढ्न नसक्नु, आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजारले पनि सकारात्मक गति लिन सकेको छैन ।

गत साता नेप्सेमा कारोबार भएका हुने केही दिन सेयर बजार सूचक बढेको थियो । त्यसका कारण वैकल्पिक राजनीतिक शक्तिहरू एक भएको र आगामी २१ फागुनमा निर्वाचन हुने संकेत देखिएपछि त्यसले सेयर बजार लगानीकर्ताको मनोबल बढेको थियो । तर, त्यो सुधार धेरै टिक्न सकेन ।

आइतबार कारोबार सुरु हुँदादेखि नकारात्मक रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा सेयर किनबेच भएको कुल कारोबार रकम हेर्दा सेयरको माग रहेको र आगामी दिन झनै बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको सेयर खरिद–बिक्री भएको छ । तीमध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ७९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।