Banner News

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, २१ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी सोमबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको हो ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ ।