काठमाडौँ, २१ पौष । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपसँगै राष्ट्रहरूको सम्प्रभुता, स्वनिर्णयको अधिकार र स्वाधीनतामाथि गंभीर चुनौती भएको उल्लेख गर्नुभएको छ ।
केहि दिन अघि अमेरिकाले भेनुजुएलाका राष्ट्रपतिलाई अमेरिकाले राष्ट्रपति कार्यालयलबाट नै अपहरण शैलीमा सैन्य आक्रमण गरी कब्जा गरी अमेरिका पुर्याएको प्रति नेता ज्ञवालीले नियममा आधारित विश्व व्यवस्थाको ठाउँमा अमेरिकाले बाहुबलमा आधारिक व्यवस्था लिएको आरोप लगाउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नियममा आधारित विश्व व्यवस्थाको ठाउँ बाहुबलमा आधारित व्यवस्थाले लिँदै जानु र संयुक्त राष्ट्र सङ्घ जस्ता संस्थाहरू निरीह एवं निष्प्रभावी बन्दै जानु साना, संवेदनशील भू-अवस्थितिमा रहेका र दुर्लभ प्राकृतिक सम्पदायुक्त राष्ट्रका लागि जोखिमपूर्ण अवस्था हो । भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपसँगै राष्ट्रहरूको सम्प्रभुता, स्वनिर्णयको अधिकार र स्वाधीनतामाथि गंभीर चुनौती थपिएका छन् । यस्तो पृष्ठभूमिमा सोमबार बस्ने संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को आकस्मिक बैठकले निर्णायक भूमिका खेल्न सके हुने थियो । (यद्यपि, धेरै अपेक्षा गर्ने ठाउँ पनि छैन, किनभने शक्ति राष्ट्रहरूसँग ‘भिटो’ रूपी घँघारुको लौरो हमेशा हातमै हुन्छ ।)’










प्रतिक्रिया दिनुहोस्