काठमाडौँ, २१ पौष । गुल्मीकको मदाने गाउँपालिका-६ न्वारा निवासी ३३ वर्षीय टुकबहादुर परियार मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार आज बिहान करिब ९ बजे स्थानीयले मानिस मृत अवस्थामा रहेको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
टुकबहादुर आइतबार न्वारास्थित आफन्तकोमा गएका थिए । त्यहाँ उनका आफन्तको मृत्यु भएको थियो । सोही दिन राति करिब साढे १० बजे घर फर्कने क्रममा गोरेटो बाटोबाट करिब १२/१५ मिटर तल मोटरबाटोमा खसेको अवस्थामा फेला परेका थिए ।
घटनाबारे थप अनुसन्धानका सुरु गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्