काठमाडौँ, २१ पौष । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने बताएका छन् ।
आज पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले भने, ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’
उनले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताए । त्यस्तै उनले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताए ।
उनले भने, ‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ ।










प्रतिक्रिया दिनुहोस्