राजनीति

केपी शर्मा ओलीको स्थानहद फुकुवा



काठमाडौँ, २१ पौष । भाद्र २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो ।

ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेको जनाएको छ । सोधपुछको प्रक्रिया सकिएकाले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन् ।