समाचार

ईभी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, २१ पौष । रौतहटको हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा ईभी भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान दुर्घटनामा बौधीमाई नगरपालिका–२, इनर्वा गाउँका २५ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न इभी भ्यान र त्यसका चालक राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।