अर्थ

घट्यो अण्डाको मूल्य



काठमाडौँ, २१ पौष । अण्डाको मूल्य घटेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले भोलिदेखि लागू हुने गरी अण्डाको मूल्यमा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो ।

नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ रुपैयाँ कायम भएको छ ।

यस्तै, मिडियम अण्डाको मूल्य पनि प्रतिक्रेट ५५० बाट घटेर ४६० रुपैयाँमा झरेको सङ्घले जनाएको छ। उपभोक्ताले अब प्रतिगोटा २० रुपैयाँमा अण्डा पाउनेछन्, जबकि यसअघि उपभोक्ता मूल्य २५ रुपैयाँ तोकिएको थियो । बढ्दो जाडोका कारण विद्यालयहरू बन्द हुनु, पर्यटकीय गतिविधि कम हुनु र बजारमा मागभन्दा उत्पादन बढी हुनुले मूल्य घटाउनुपरेको सङ्घले जनाएको छ ।