Banner News

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा



काठमाडौँ, २२ पौष । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।   

बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिए । ति पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ ।