समाचार

लाग‍ुऔषधसहित ७ जना पक्राउ



कैलाली, २२ पौष । कैलालीमा लागुऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सोमबार बिहान लम्कीचुहा नगरपालिका-१ को लम्की चोकबाट रूपन्देहीको मायादेवी गाउँपालिका-३ बस्ने २३ वर्षीय बिनय मिश्रलाई १६ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

भजनी नगरपालिका–३ कुसमघाटबाट टिकापुर नगरपालिका–२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह र लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय श्याम बमलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

सोमबार साँझ धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट २५ वर्षीय राजकुमार रानालाई ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने धनगढी उपमहानगरपालिका-३ चौराहाबाट २७ वर्षीय किसनलाल गुप्तालाई एक ग्राम १३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलबाट गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कञ्चनपुर कृष्णपुर नगरपालिका–६ बस्ने १९ वर्षीय नवीन सुनारलाई पनि पक्राउ गरिएको छ । उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।