समाचार

श्रीमतीको हत्या गरी फरार व्यक्ति तीन वर्षपछि पक्राउ



रुकुम पश्चिम, २२ पौष । श्रीमतीको हत्या गरी फरार रहेका जाजरकोटका एकजना व्यक्तिलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

जिल्लाको छेडागाड नगरपालिका–१३ पिपलतडाका भद्रबहादुर सुनारलाई गत आईतबार पक्राउ गरी सोमबार अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त शर्माका अनुसार भद्रबहादुरले २०७९ मांसिर १० गते ३४ वर्षीय श्रीमती पानसरा सुनारलाई बन्चरो प्रहार गरी फरार रहेका थिए ।

प्रहरीले छेडागाढ–१३ पिपलतडाबाटै प्रक्राउ गर्न सफल भएको हो । अभियुक्त भद्रबहादुरलाई सोमबार जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य गरिरहेको डिएसपी शर्माको भनाइ छ ।