राजनीति

नेकपा केन्द्रीय सदस्य यादव जसपा नेपाल प्रवेश



काठमाडौँ, २२ पौष । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उमेश प्रसाद यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका सप्तरी निवासी यादव आज जसपा नेपाल प्रवेश गरेका हुन् । उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादव लगायताका नेताले पार्टीमा स्वागत गरेका छन् ।