गोरखा, २२ पौष । परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।
सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी हुनेमा आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् ।
सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको बताइएको छ । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् ।










प्रतिक्रिया दिनुहोस्