अर्थ

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक



काठमाडौँ, २२ पौष । नेपाल राष्ट्र बैंकले पुन एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै छ । 

राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘घ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । यसको बोलकबोल मंगलबार मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । 

राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी २०८३ पुस २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । 

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।