राजनीति

एमालेद्वारा निर्वाचन बिशेष जिम्मेवारी बाँडफाँट



काठमाडौँ, २२ पौष । नेकपा (एमाले)मा प्रदेश र निर्वाचनसम्बन्धी कार्यमा संयोजनका निम्ति नेताहरूको जिम्मेवारी तोकिएको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट संयोजनको जिम्मेवारी तोकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

जिम्मेवारी तोकिएका नेता र क्षेत्र–
कोसी प्रदेश –  शेरधन राई
मधेस प्रदेश – लीलानाथ श्रेष्ठ
वाग्मती प्रदेश – महेश बस्नेत 
राजाधानी प्रदेश – डा. राजन भट्टराई 
गण्डकी प्रदेश – खगराज अधिकारी 
कर्णाली प्रदेश – यमलाल कँडेल 
सुदूरपश्चिम प्रदेश – गणेश ठगुन्ना