अर्थ

सुन्तलाको मूल्य बढ्यो



काठमाडौँ, २२ पौष । बजारमा सुन्तलाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सुन्तलाको मूल्य बढेको हो ।

हिजो सोमबारको तुलनामा आज मंगलबार सुन्तलाको भाउ प्रतिकिलो थोकमा औसत १९ रुपैयाँ बढेको छ ।

हिजो सोमबार सुन्तला प्रतिकिलो १ सय १५ रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने सुन्तलाको भाउ प्रतिकिलो १ सय ३५ रुपैयाँ कायम छ ।