काठमाडौँ, २२ पौष । अभिनेता जितु नेपालले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् ।
आज बिहान उनले सामाजिक सञ्जालमा फिल्मको फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै ‘आइ एम जीत बहादुर’ शीर्षकको फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।
सुभेन्दु घोषको कथा तथा निर्देशनमा तयार हुने यो फिल्ममा जितु नेपाल निर्माताको रूपमा रहने छन् भने निश्चल कुँवर तथा नीरज नेपाल कार्यकारी निर्माताको रूपमा रहने छन् ।
छायाङ्कन चाँडै प्रारम्भ हुने जनाएको फिल्म सन् २०२६ मै प्रदर्शन हुने लक्ष्य राखिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छायाङ्कन चाँडै नै, प्रदर्शन मिति चलचित्र तयार भएपछि । हाललाई यत्ति । बाँकी जानकारी बिस्तारै… इमानदार थिएँ, छु र रहने छु । सकभर झुटो बोल्दिनँ, आफ्नो गल्ती आफैँ स्विकार्ने छु ।’










प्रतिक्रिया दिनुहोस्