काठमाडौँ, २२ पौष । नेकपा एमालेले राष्ट्रिय सभाको ७ वटा सिटमा आफ्नो दाबी गरेको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशमा १/१ जना रहनेगरी ७ वटा सिटमा आफूहरूको दाबी रहेको जानकारी गराए ।
उनका अनुसार, कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्