राजनीति

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै



काठमाडौँ, २३ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । 

बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ । बैठमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ ।