अर्थ

दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना



काठमाडौँ, २३ पौष । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ । यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई रु ५० हजार जरिवाना गरेको छ ।

विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुगमन निरीक्षण गरेको थियो । त्यसमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको थियो ।