काठमाडौँ, २३ पौष । नेपाल टेलिकमले अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ गरेको छ ।
जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्यको मंगलबार परीक्षण शुभारम्भ गरिएको हो ।
दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो । सो सम्बन्धी परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरे ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भूमिका खेल्ने अपेक्षा गरिन्। यस्तै यादवले थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रूपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने अपेक्षा गरे ।










प्रतिक्रिया दिनुहोस्