अर्थ

डल्ले च्याउको मूल्य घट्यो



काठमाडौँ, २३ पौष । बजारमा डल्ले च्याउको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार डल्ले च्याउको मूल्य घटेको हो ।

बजारमा कन्य, डल्ले, राजा र सिताके गरी चार प्रकारको च्याउ किन्न पाइन्छ ।   तीमध्ये आज डल्ले च्याउको मूल्य प्रतिकिलो औसत २५ रुपैयाँ घटेको छ ।

मंगलबार प्रतिकिलो थोकमा ३ सय ७५ रुपैयाँमा किनबेच भएको डल्ले च्याउ आज ३ सय ५० रुपैयाँमा झरेको छ । कन्य, राजा र सिताके च्याउको मूल्य भने स्थिर देखिन्छ ।

बजारमा कन्य च्याउ प्रतिकिलो थोकमा १ सय ३२ रुपैयाँ र राजा च्याउ २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, सिताके च्याउ भने प्रतिकिलो थोकमा ९ सय रुपैयाँ कायम छ । आपूर्तिका आधारमा च्याउको मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् । बजार च्याउको परिमाण अनुसार मूल्य घटबढ हुन्छ ।