राजनीति

महामन्त्री शर्माद्वारा कार्यसम्पादन समितिको बैठक बहिष्कार



काठमाडौँ, २३ पौष । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् ।

उनी हिजोको बैठकमा पनि सहभागी थिएनन् । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराइसकेका छन् ।

स्रोतका अनुसार उनले उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०/४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएका थिए ।