राजनीति

देश जलाउने अपराधी र देशद्रोही र अपराधी हुन् : अध्यक्ष ओली



काठमाडौँ, २३ पौष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधी भएको बताएका छन् । 

आज काठमाडौँमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जेनजीहरु उक्त कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ दश वर्ष अघिको योजना भएको दाबी समेत गरे । 

उनले भने, ‘यो तात्कालिक होइन, आठ दश वर्ष देखिको तयारी हो । देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी ।

उनले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास आचरण हुनै नसक्ने बताए । 

ओलीले भने, ‘संसद् भवन जलाउने काम, सरकारको मुख्यालय जलाउने काम, सर्वोच्च लगायतका अदालत जलाउने काम,  त्यो ठाउँमा खोजी खोजी जलाइएको छ जहाँ खास मान्छेका मिसिल छन्’, ‘ट्रेन मान्छे गएको छ । कार्यालय र घर लोकेट गरिएको छ ।’‎