काठमाडौँ, २३ पौष । सुर्खेतको लेकबेँसी नगरपालिकाबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लेकबेँसी नगरपालिका–९ सिम दमारका ३८ वर्षीय धन बहादुर रावतलाई आज बिहान पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लेकबेँसीबाट खटिएको प्रहरी टोलीले लेकबेँसी–९ सिम दमार क्षेत्रको बाटोमा हिँडिरहेको अवस्थामा रावतको साथबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो । प्रहरीले उनलाई बन्दुकसहित तत्काल नियन्त्रणमा लिएको हो ।
अवैध हतियारसहित पक्राउ परेका रावतलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्