राजनीति

भेनेजुएला घटना नजिकबाट नियालिरहेका छौँ : परराष्ट्र मन्त्रालय



काठमाडौँ, २४ पौष । सरकारले भेनेजुएलाको घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ । 

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको थियो । 

नेपालका राजनीतिक दलहरूले अमेरिकाले एक सार्वभौम मुलुकको राष्ट्र प्रमुखलाई नियन्त्रणमा लिएको घटनाको विरोध जनाएका थिए ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ,’ ‘नेपालले संवाद, कूटनीति र आपसी समझदारीमार्फत् विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्नेमा विश्वास गर्छ ।’