काठमाडौँ, २४ पौष । आज सेयर बजार नेप्से ४.५९ अंकले बढेको छ ।
कारोबारका क्रममा दिनभर प्रायः रातो रहेको बजार अन्तिम आधा घण्टामा बढेको हो । आजको वृद्धिपछि नेप्से २६४० अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९० करोडको भयो ।
१२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशत बढे ।
फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशत घटे ।
सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशत बढ्यो । त्यस्तै एसवाई प्यानलको ५.७१, खानीखोला हाइड्रोपावरको ४.६३, श्रीनगर एग्रिटेकको ४.४२, आँखुखोला जलविद्युतको ३.८८ प्रतिशत मूल्य बढ्यो ।
सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशत घट्यो । इङवा हाइड्रोपावरको २.७१ तथा गणपति लघुवित्तको २.५३ प्रतिशत घट्यो ।










प्रतिक्रिया दिनुहोस्