काठमाडौँ, २५ पौष । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ ।
पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा आह्वान भएको हो ।
नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो ।










प्रतिक्रिया दिनुहोस्