काठमाडौँ, २५ पौष । पाल्पामा कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–गैडाकोट सडक अन्तर्गत रामपुर नगरपालिका–६, कालीआँपमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गेझा बर्दलेबाट रामपुरको बेझाड जाने क्रममा लु७८प २८०७ नम्बरको मोटरसाइकलले पैदलयात्री रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम बहादुर सेन ठकुरीलाई ठक्कर दिएको थियो । गम्भीर घाइते ठकुरीलाई उपचारका लागि तत्काल रामपुर अस्पताल पुर्याएकामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएर दुर्घटनामा परेको मोटरसाइकल चालक रामपुर–६, तिलकपुरका २३ वर्षीय हिमाल राना र पछाडि बसेका २१ वर्षीय मेगबहादुर खन्गाहा घाइते भएको छ । मोटरसाइकल चालकलाई रामपुर अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्