राजनीति

अहिलेको सरकारका मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल



ललितपुर, २५ पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।

शुक्रबार ललितपुरको पुल्चोकमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले सिङ्गो देश निर्वाचनमा होमिएको उल्लेख गरे । मन्त्री अर्यालले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको दावी गरे ।

उनले भने, ‘वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट पुरा गर्नु हो । सुशासन कायम राख्न सरकार कटिबद्ध छ ।’