काठमाडौँ, २५ पौष । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न पार्टी नेतृत्व र पदाधिकारीहरूलाई अपिल गरेका छन् ।
शुक्रबार संयुक्त अपिल जारी गर्दै नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल दलित सङ्घका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिना, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगर, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घका महासचिव मनोहरि श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अतावुल मन्सुरीले अपिल जारी गरेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् ।
त्यस्तै अपिलमा नेपाल थारु सङ्घका अध्यक्ष शिवनारायण महतो गुरौ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर सङ्घका अध्यक्ष इच्छुराम रानामगर, नेपाल तामाङ सङ्घका अध्यक्ष रामकृष्ण इन्द्र लामाले पनि हस्ताक्षर गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्