समाचार

भागेका २२६ कैदीबन्दी अझै फरार



काठमाडौँ, २५ पौष । कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् । 

एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको छ । फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका छन् । 

उक्त कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।