काठमाडौँ, २६ पौष । नेकपा (एमाले)को नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशले कुनै पनि दल तथा नेतृत्वसँग तर्क नभई परिणाम मागिरहेको बताउनुभएको छ ।
राजनीतिक आन्दोलन र परिवर्तन धेरै भएको प्रति संकेत गर्दै उहाँले राजनीतिक नेतृत्वले देश संकटपूर्ण रहेको भन्ने गरेता पनि त्यसको समाधान खोज्ने प्रयास नगरेको बताउनुभयो । त्यसको लागि अबका दिनको राजनीति जवाफपूर्ण र नतिजामुलक हुनुपर्ने उल्लेख गर्दै त्यसतर्फको जवाफल दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भन्नुभएको छ, ‘राजनीतिक गतिविधीमा सक्रिय रहेको चार दशक भो । सुनि रह्यो, भनि रह्यो- देशको अवस्था सङकटपूर्ण छ । तर किन, कसले र समाधान के भन्ने प्रश्नबाट हामी आफुले आफुलाई प्रायस् अलग राख्यौ र अन्तै अम्ला देखायौ । अब समय फेरियो नेतृत्वसँग तर्क होईन, परिणाम माग्दैछ देश । ती सबै तयार रहौ – जसले जवाफ दिन पर्छ ।’










प्रतिक्रिया दिनुहोस्