अर्थ

स्याउको मूल्य बढ्यो



काठमाडौँ, २७ पौष । बजारमा स्याउको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्याउको मूल्य बढेको हो ।

तीन साता अवधिमा स्याउको मूल्य प्रतिकिलो थोकमा २५ देखि ३० रुपैयाँसम्म बढेको छ । १ पुसमा प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा किनबेच भएको झोले स्याउ २७ पुसमा २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै फुजी स्याउको मूल्य यस अवधिमा प्रतिकिलो ३० रुपैयाँले बढेको छ । १ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज ३ सय १५ रुपैयाँ कायम छ ।

यसैगरी यस अवधिमा अनारको मूल्य १३ प्रतिशतले घटेको छ । १ पुसमा प्रतिकिलो थोकमा औसत ३ सय ७५ रुपैयाँमा किनबेच भएको अनार ५० रुपैयाँले घटेर अहिले ३ सय २५ रुपैयाँ कायम छ ।