काठमाडौँ, २७ पौष । मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका आज दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको भएको हो ।
दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । मनहरी अस्पतालमा उनको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको थियो । उपचारका क्रममा दिउँसो ३ बजेतिर उनको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका–११ निवासी ५४ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्