काठमाडौँ, २८ पौष । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ ।
आज बिहान १० बजेदेखि भृकुटीमण्डपमा हिजो (आइतबार) बाट सुरु भएको विशेष महाधिवेशन आजबाट बन्दसत्र चरणमा प्रवेश गर्न लागेको हो । बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो ।
आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसके छन् । जस अनुसार कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन् । आज बिहानबाट पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्