Banner News

राष्ट्रको स्वाधीनता र स्वतन्त्रताका लागि जनताको एकता आवश्यक : संयोजक प्रचण्ड



काठमाडौँ, २८ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्नेमा जोड दिए । राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले वामपन्थी शक्तिबिच ध्रुवीकरण गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी गरे ।