राजनीति

काँग्रेसको विशेष महाधिवेशनमा पेश गरिएका दस्ताबेजमा एउटा विषय गम्भीर छ: नेता ज्ञवाली



काठमाडौँ, २९ पौष । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पेश गरिएको दस्तावेजहरुमा एउटा विषय गम्भीर रहेको बताउनुभएको छ ।

कांग्रेसको विशेष महाधिवेशन चलिरहेको समयमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भइरहेको छ । राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले गलत साधनबाट सही साध्यमा पुग्न नसकिने उल्लेख गर्नुभयो । विध्वंशका ‘नायक’ हरु त अरुहरु नै रहेको उल्लेख गर्दै उहाँले कोही भदौ २४ मै दिग्विजयी मुद्रामा जेलबाट बाहिर निस्केर सिँहदरबार जाँदै थिए, कोही ‘भावी प्रधानमन्त्री’ को पगरी गुथेर त्यही खरानी टेक्दै अगाडि बढेको आक्रोस व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएकोछ, ‘नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो यौटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् ।

तर कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गंभीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । सत्य हो– समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरुसँग समाज, सत्ता र संस्थाहरुको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरुले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरुको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुशपैठ गरेर त्यसलाई रक्तपातमा रुपान्तरण गर्ने र युवाहरुलाई मानवढाल बनाउने कृत्यमा सङ्लग्नहरुलाई पनि ’जेन्जी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर् याउने हो भने त्यस अपराधलाई बैधता दिएको ठहर्छ ।

समाजमा असन्तुष्टिहरु हुन्छन् । आज पनि छन् । ४ महिना बित्दानबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– उर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरुको उपचारमा गरिएको वेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा सङ्लग्नहरुलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरुका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर । स्वयं ‘जेन्जी अभियन्ता’ हरु असन्तुष्ट छन् ।

तर यसको अर्थ अब यसै बहानामा पुनः सिँहदरबार जलाउनु उचित ठहरिन्छ रु अराजकता र आन्दोलन एउटै होइनन् । विध्वंश र विद्रोह एउटै होइनन् । आन्दोलन, विद्रोह या क्रान्तिका निश्चित नैतिक मूल्य र सीमाहरु हुन्छन् । नेतृत्वका गल्ती थिए होलान्, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान्, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर् याउन थालियो भने कहाँ पुगिएला रु
राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्छ । गलत साधनबाट सही साध्यमा पुग्न सकिँदैन । विध्वंशका ‘नायक’ हरु त अरुहरु नै छन् । कोही भदौ २४ मै दिग्विजयी मुद्रामा जेलबाट बाहिर निस्केर सिँहदरबार जाँदै थिए, कोही ‘भावी प्रधानमन्त्री’ को पगरी गुथेर त्यही खरानी टेक्दै अगाडि बढ्दैछन् । नेतृत्वका गल्तीको विरोध गर्ने नाममा कम्तीमा नेपाली काँग्रेसका साथीहरु त्यही बाटोमा नहिँडे हुने हो ।