Banner News

पूर्वमन्त्री बडूद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा



धनगढी, २९ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

आफ्नो गृह जिल्ला दार्चुलाबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस भए पनि नेता बडूले आफूलाई चुनावी दौडबाट अलग राख्ने निर्णय लिएका हुन् । उम्मेदवारी नदिने सम्बन्धमा एक वक्तव्य जारी गर्दै नेता बडूले अबको पालो सक्षम युवा पुस्ता र पार्टीका अन्य इच्छुक सहकर्मीहरूको भएको उल्लेख गरेका छन् । नेपाली कांग्रेस दार्चुलाका सभापति ललित बोहराले नेता बडूको उम्मेदवारी फिर्ता सम्बन्धी पत्र जिल्ला कार्यसमितिमा आधिकारिक रूपमा दर्ता भइसकेको पुष्टि गरे ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बडू दार्चुलाबाटै निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई पराजित गर्दै जित हासिल गरे । २०७४ सालमा उनी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।