समाचार

६ थान भरुवा बन्दुक बरामद



काठमाडौँ, २९ पौष । बागलुङबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ ।

सोमबार बागलुङको तमानखोला गाउँपालिका–२ रानीकोटस्थित रानीकोट सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ती हतियार फेला पारेको हो । प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको र हतियार राख्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।